क्लिनिकका बारेमा जानकारी

ओसिजेक प्रो बोनो क्लिनिक सामान्यत प्रत्यक्षरुपमा भेटेर कानुनी सल्लाह लिन
सकिने एक कानुनी क्लिनिक हो, जुन २०१५ देखि न्याय मन्त्रालयमा प्राथमिक
कानुनी सहायता प्रदायकको रूपमा दर्ता गरिएको छ । स्थापनाकालदेखि
क्लिनिकले सहरमा गरिबी पीडित मानिसहरूलाई कानुनी सहायता प्रदान
गर्दैआएको छ । ओसिजेक र यसको वरपरको क्षेत्रमा क्लिनिकले विशेषत देवानी
प्रकृतिका मुद्दाहरुमा मद्दत गर्ने गरेको छ । यसका साथै हामी ऋण सङ्कलन
कार्यवाही, दुष्कर्म अभियोग, श्रम कानुन, विशिष्ट पारिवारिक कानुनका मुद्दाहरू
जस्मा बालबालिका सम्बन्धी, पति-पत्नीको सम्बन्ध र प्रशासनिक मामिला र
कारबाहीहरूको विस्तृत दायराको सामना गर्नु परेका मानिसहरूलाई पनि मद्दत गर्ने
गर्छौ । नेपालबाट आप्रवासी कामदारहरूको उच्च वृद्धिको अनुभव गरिरहेका बेला
हामीले श्रम कानुन, आवास, चिकित्सा हेरचाह र आवास अनुमति सम्बन्धी कानुनी
सहायता खोज्ने नेपालीहरूकालागि हाम्रा सेवा खुल्ला गरेका छौं । आवश्यक भएमा,
हामी अन्य कानुनी मामिलाहरू पनि सहायता गर्न सक्षम छौं जस्तै दुष्कर्म कार्यवाही
र अन्य ।

क्लिनिकको सेवाका लागि osijekprobono@gmail.com इमेल गर्न
सकिन्छ । यदि आवश्यक छ भने, हामी हाम्रा ग्राहकहरूलाई भेटेर पनि सहयोग
गर्छौ । भाषाका अपठ्यारोको कारणले गर्दा हामी इमेल पत्राचारको लागि
स्वचालित अनुवाद प्रयोग गर्छौं जबकि व्यक्तिगत रूपमा सबै बैठकहरू अंग्रेजीमा
सञ्चालन गरिन्छ ।